arrow

भारतमा १५ हजार नयाँ संक्रमित थपिए

logo
एएनआई,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
corona-india-keral.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ संक्रमित थपिएका हुन ।

नयाँ संक्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । सोही अवधिमा भारतमा १८ हजार ६४१ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गएको हो । 

भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना संक्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या २३२ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । भारतमा अहिलेसम्म कुल तीन करोड ३५ लाख १४ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २३१ जनाको मृत्यु भएको छ । ती मध्ये केरलाका मात्रै ११८ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ