arrow

होमियो एमाले महाधिवेशनमाः शनिबार एकैसाथ देशभरका वडामा अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । नेकपा एमाले पार्टीको दशौं महाधिवेशनको प्रक्रियामा तीव्र गतिले अगाडि बढेको छ । जसका लागि एमालेले शनिबार देशभरका ६ हजार ७४५ वडामा वडास्तरीय अधिवेशन गर्दैछ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्दैछन् । वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

पार्टीको स्थायी कमिटीको बिहीबार र शुक्रबार बसेको बैठकले सकभर सर्वसम्मत गर्ने र नसके लोकतान्त्रिक विधिबाट निर्वाचनमार्फत नेतृत्व चयन गर्न मातहतका सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

वडा अधिवेशनपछि कार्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।

त्यसपछि जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरिने छन् । एमालेले मंसिर १० देखि १२ गतेसम्म तीन दिन चितवनमा दशौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ