arrow

पूर्व राष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजनिक गर्न केही समय लाग्ने

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
john-fitzgerald-kennedy-usa-president.jpg
फाइल तस्बिर : अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडी

वासिङ्टन। ह्वाइट हाउसले शुक्रवार अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ। राष्ट्रपति जो बाइडेनले जनाए अनुसार उक्त घटना सँग सम्बन्धित बाँकी फाइलहरू तत्काललाई पूर्ण रूपमा सार्वजनिक गर्नबाट रोकिने छ। अर्को वर्ष डिसेम्बर १५ सम्ममा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० वर्षपछि उक्त घटनासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।

सन् २०१८ मापूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै गोप्य फाइलहरू सार्वजनिक गरे पनि सुरक्षाको कारण देखाउँदै अन्य कागजात सार्वजनिक गर्नबाट रोकिएको थियो।

ह्वाइट हाउसले जनाए अनुसार राष्ट्रिय सङ्ग्रहकर्तालाई त्यो प्रतिक्रियामा समीक्षा गर्नका लागि यथेष्ट समय चाहिने भए पनि कोरोना महामारीले उक्त कामलाई प्रभावित पारेको छ। राष्ट्रपति बाइडेनले उक्त कागजातहरूको सार्वजनिक करणमा ढिलाइ "सैन्य रक्षा, खुफिया अपरेसन, कानुन प्रवर्तन आदिका कारणले भएको बताएका छन्।

छयालीस वर्षीय पूर्व राष्ट्रपतिको हत्या एक "गहिरो राष्ट्रिय त्रासदी" थियो जुन "अमेरिकी इतिहासमा र त्यस भयानक दिनमा जीवित रहेका धेरै अमेरिकीहरूको सम्झनामा प्रतिध्वनित भएको छ बताइएको छ।

तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा भएको १० महिनाको अनुसन्धानले सोभियत युनियनमा बसेका पूर्व मरीन ली हार्वे ओसवाल्डले केनेडीको गाडीमा गोली चलाएको निष्कर्ष निकालेको थियो।

तर आयोगको अनुसन्धान अधुरो भएकोमा आलोचना गरिएको थियो, पछि कङ्ग्रेसको समितिले केनेडीलाई सम्भवतः षड्यन्त्रको परिणामको रूपमा मारिएको" निष्कर्ष निकालेको थियो।

अमेरिकी कानुन अनुसार हत्याका सबै सरकारी अभिलेखहरू "जनतालाई पूर्ण रूपमा सूचित पार्नका लागि खुलासा गर्न आवश्यक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ