arrow

अमेरिका, जर्मनी, फ्रान्सलगायत १० देशका राजदूत फिर्ता पठाउने टर्कीको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
turkey1.jpeg

काठमाडौं। टर्कीले १० पश्चिमा मुलुकका राजदूत फिर्ता पठाउने निर्णय गरेको छ। राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने कदम चालेका हुन् ।

टर्कीका राष्ट्रपति एर्दाेआनको यो निर्णयपछि अब, अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतहरू फिर्ता हुन सक्छन् ।

गत साता चार वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरूको वक्तव्य निकालेका थिए । त्यसपछि टर्कीले यस्तो कदम चालेको हो ।

राजदूत फिर्ता पठाउन खोजेकामध्ये सात देशहरू टर्कीका नेटो सहयोगी हुन्। टर्कीको यो निर्णयपछि अहिले नै अब, राजदूत फिर्ता हुन्छन् या के हुन्छ भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।बीबीसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ