arrow

अमेरिकाले सिपेक असफल पार्न खोज्दै छ- पाकिस्तानी प्रधानमन्त्रीका सहयोगी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
imran-khan-pok.jpg

काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानका निकट सहयोगीले चीन पाकिस्तान आर्थिक कोरिडोर (सिपेक)लाई सफल हुन नदिन अमेरिकाले चलखेल गरिरहेको आरोप लगाएका छन् ।

शनिवार शनिवार कराँचीको बिजनेस एडमिनिस्ट्रेशन संस्थानमा भएको सिप्याक सम्मेलनमा बोल्दै पाकिस्तानी प्रधानमन्त्री खानका विशेष सहयोगी खालिद मन्सुरले यस्तो आरोप लगाएका हुन् ।

उनले 'भारतको समर्थनमा अमेरिकाले सिप्याकको विरोध गरिरहेको' आरोप लगाएका हुन् । 'अमेरिकी रणनीतिले सिपेकलाई असफल पार्न खोजेको भन्दै उनले यस विरुद्ध काम गर्नुपर्ने' टिप्पणी गरेका छन् ।

मन्सुरले भारत र चीनले पाकिस्तानलाई चीनको बेल्ट एन्ड रोड परियोजनाबाट बाहिर निकाल्न खोजिरहेको आरोप समेत लगाएका छन् । 

सिपेकको ७१ प्रतिशत (२७.३ अर्ब अमेरिकी डलर बराबरको) ऋण लगानी चीनले पाकिस्तानमा गरिरहेको छ । कयौँ थिंक ट्याङ्कहरूले सिपेकलाई आर्थिक ट्र्यापका रूपमा व्याख्या गरेका छन् । जसका उदाहरण श्रीलङ्कालगायतका देशमा देख्न सकिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ