- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। श्रीलङ्काले चीनबाट खरिद सम्झौता गरेको जैविक मल आपूर्तिमा रोक लगाएको छ । परीक्षणका क्रममा उक्त मलमा घातक ब्याक्टेरिया भेटिएपछि श्रीलङ्काले आपूर्तिमा रोक लगाएको हो ।
मुद्रा सङ्कटका कारण श्रीलङ्कामा खाद्यान्न अपुग हुने चिन्ता रहेको छ । अर्कोतर्फ विश्वकै पहिलो पूर्ण जैविक मल प्रयोग गर्ने देश बन्नको लागि सरकारले रासायनिक मलमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रिय बिरुवा संगरोध सेवामा गरिएको परीक्षणले चिनियाँ जैविक मलमा हानिकारक जीवाणु एवं ब्याक्टेरिया भेटिएको राष्ट्रपति गोटवाया राजापाक्षेको कार्यालयले जनाएको छ ।
यससँगै वाणिज्य उच्च अदालतले चिनियाँ किंगदाओ सिविन बायो टेक ग्रुप कम्पनी लिमिटेडलाई ९६ हजार टन मलको कुनै पनि भुक्तानी नगर्न आदेश दिएको छ ।
अधिकारीहरूले गत महिना भएको ४ करोड २० लाख अमेरिकी डलर बराबरको मल खरिद सम्झौतामा रोक लगाएका हुन् ।
श्रीलङ्काको कृषि मन्त्रालयले शनिवार देखी कुनै पनि पानी जहाजको मल अन लोड नगर्न निर्देशन दिएको बताइएको छ । यद्यपि, चीनबाट मल भने ढुवानी भइरहेको बताइएको छ ।