arrow

महाकालीका बाढीपीडितलाई भरोसा दिलाउन पुगे लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
ramesh-lekhak-flood.jpg

कञ्चनपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुर जिल्लाका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितहरूसँग भेटघाट र छलफल गरेका छन्।

हालै आएको बेमौसमी वर्षाका कारण आएको बाढीले कञ्चनपुर जिल्लाको दोधारा-चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति पुर्‍याएको थियो।

बाढीबाट सबभन्दा बढी क्षति भएको दोधारा चाँदनीको वडा नम्बर ८,९ र १० का बाढी पीडितहरूको भेटमा लेखकले बाढी पीडितहरूको लागि तत्काल राहतको लागि सरकार र विभिन्न सङ्घ संस्थाहरूसँग पहल गर्ने बताए। उनले दीर्घकालीन रूपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाधको उचाइ बढाउने र कुतियाकभरमा बाध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

पीडितहरूले बाढीका कारण करोडौँको धानबाली नष्ट भएको र सयौँ जना घरबार विहीन भएकाले राहत, पुनर्स्थापना र दीर्घकालीन रूपमा बस्ती जोगाउन पहल गरिदिन आग्रह गरेका थिए।

दोधारा- चाँदनी नगरपालिकाका करिब ३ सय परिवार अहिलेसम्म पनि सरकारी स्कुलमा बसिराखेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा समेतको टोलीले कार्तिक ४ गते बाढीपीडित क्षेत्रको अवलोकन गरेको थियो।

नेता लेखकले आफू सधैँ यस क्षेत्रको विकासको लागि सदैव तत्पर रहेको र बाढीपीडितका समस्या समाधानका लागि कुनै कसर बाकी नराख्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ