arrow

काश्मीरमा एक फुटबल एकेडेमीले महिलाहरूलाई प्रशिक्षण गराउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
kashmir-valley-girl-football.jpg
फाइल तस्बिर

काश्मीर। काश्मीरमा रहेको एक फुटबल एकेडेमीले महिला तथा किशोरीहरूलाई फुटबल प्रशिक्षण गराइरहेको छ। फुटबलमा भविष्य बनाउन सक्ने गरी महिलाहरूलाई अघि बढाउनका लागि यस एकेडेमीले प्रशिक्षण दिइरहेको छ। 

हरेक दिन किशोरीहरूले एकेडेमीमा वार्म अप गर्ने, फुटबलका आधारभूत ज्ञानहरू सिक्ने र अन्य जटिलताहरूबारे जान्ने गरेका छन्। आफ्नो फुटबल सपना पूरा गर्नका लागि किशोरीहरू रातदिन मिहिनेत गरिरहेका छन्। 

विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई अब्बल साबित गर्नका लागि किशोरीहरूले हरेक दिन प्रशिक्षणमा सहभागी हुने गरेका छन्। 

एकेडेमीले किशोरीहरूको सपना पूरा गर्ने मात्र नभएर उनीहरू भित्र भएको खुबीसमेत पहिचान गराउने गरेको छ। केटीहरूलाई पनि केटाहरूजस्तै फुटबल खेल्न सक्षम छन् भन्ने आत्मविश्वास भर्ने काम पनि एकेडेमीले गरिरहेको छ। 

एकेडेमीकी कोच नाडियाले सुरुमा केटाहरूलाई मात्रै प्रशिक्षण गराउने गरेकोमा अहिले केटीहरूलाई पनि गराउन थालेको जानकारी दिएकी छन्। उनले केटीहरूलाई प्रशिक्षण गराउन पाउँदा निकै खुसी लागेकोसमेत बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ