arrow

सुडानका प्रधानमन्त्री नजरबन्दमा, 'सैन्य कू' भएको भन्दै विरोध गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
sudan.PNG

काठमाडौँ । सङ्क्रमणकालीन अवस्थामा रहेको सुडान सरकारका थुप्रै नेताहरू पक्राउ परेका छन् । सेनाले प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखेको छ।

प्रधानमन्त्री हामडोकसहित कम्तीमा पाँच जना मन्त्रीहरूलाई गिरफ्तार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रजातान्त्रिक समर्थक समूहले सैन्य 'कु' स्पष्ट भएको भन्दै मानिसहरूलाई विरोधका लागि सडकमा उत्रिन आग्रह गरेका छन्।

सुडानका उद्योग मन्त्री, सूचना मन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार, सत्तारुढ सोभरेन काउन्सिलका प्रवक्ता मोहम्मद अल फिकी सुलिमान र सुडानको राजधानी सहर खार्तोमका गभर्नरसमेत पक्राउ परेको बताइएको छ ।

सुडानमा गत महिना (सेप्टेम्बर) पनि सैन्य 'कू' को प्रयास भएको थियो । अहिले प्रधानमन्त्री एवं नेताहरू पक्राउ परेपछि सुडानका धेरै जसो स्थानहरू बन्द रहेको जनाइएको छ ।

सरकार विवादमा परेपछि सुडानमा सन् २०२३ को अन्तिममा आम निर्वाचन गरेर जनप्रतिनिधिलाई नै सत्ता सुम्पिने सम्झौताअनुसार सङ्क्रमणकालीन सरकार बनाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ