arrow

चीनका कारण एमनेस्टी इन्टरनेशनलले हङकङ स्थित एसियाली मुख्यालय बन्द गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
amnesty.PNG

काठमाडौं। मानव अधिकारवादी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एमनेस्टी इन्टरनेशनलले हङकङ स्थित एसियाली मुख्यालय बन्द गर्ने भएको छ । चीनले राष्ट्रिय सुरक्षा कानुनका नाममा हङकङमाथि लागु गरेको कडा कानुनले संस्थालाई काम गर्न नदिएपछि एमनेस्टीले त्यहाँबाट आफ्नो कार्यालय बन्द गर्ने भएको हो ।

झन्डै ४० वर्षदेखि हङकङमा काम गर्दै आएको एमनेस्टीले अहिले त्यहाँ दुई वटा कार्यालयमार्फत काम गर्दै आएको थियो । एउटा कार्यालय हङकङमै आधारित र अर्कोले क्षेत्रीय मुद्दाहरू हेर्छ । स्थानीय कार्यालय अक्टोबर ३१ बाटै बन्द हुने र क्षेत्रीय कार्यालय यो वर्ष (सन् २०२१)को अन्तसम्ममा त्यहाँबाट सर्ने भएको हो।

चीनले हङकङमाथि लागु गरेको कानुनको विश्वभर चर्को आलोचना हुँदै आएको छ । एमनेस्टीको इन्टरनेशनल बोर्डकी अध्यक्ष अन्जुला म्या सिंह बैसले एक विज्ञप्तिमार्फत 'चिनियाँ कानुन अन्तर्गतको क्र्याकडाउनले यस वर्ष कम्तीमा ३५ वटा समूहलाई विघटन गर्न बाध्य पारेको' बताएकी छन् ।

'निकै गह्रुँगो मन बनाएर यो निर्णय गरिएको हो, राष्ट्रिय सुरक्षा कानुनले एमनेस्टीलाई हङकङमा काम गर्न लगभग असम्भव अवस्था सिर्जना गरिदिएको छ,' उनले विज्ञप्तिमा भनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ