- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवन कालभरी संघर्ष गरेका लौह पुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्याक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन् ।
नेपाली राजनीतिले गणेशमान सिहबाट सिक्नुपर्ने त्यागको भावना नसिकेकाले अहिल राजनीतिप्रति निराशा छाएको पनि बताए । मंगलबार गणेशमान सिंह फाउण्डेसन बीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता सम्पन्न गराउन खेलेको भुमिकाको स्मरण गर्दै खेलमार्फत नयाँ पुस्तामा गणेशमान सिंहको व्यक्तित्व पुराउनपर्ने बताएका हुन् ।
बीर गणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा ‘यो संघर्ष म आफैं प्रधानमन्त्री बन्न होइन’ भनेर उहाँले अस्विकार गरेको स्मरण गर्दै ‘उहाँको मनसाय राजाले बनाएको प्रधानमन्त्री भन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देस दिनु नै महत्त्वपूर्ण उपलब्धि रहेको समेत बताएका छन् ।
समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आर्दशको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बढीरहेको बेला गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए भन्ने कुरा नयां पु्स्तासम्म पुर्याउनु जरुरी रहेको समेत बताए ।
यस्ता टुर्नामेण्टले नेपालका खेलाडीलाई अवसरको हुनसक्ने बताए । अहिले खेलकुदलाई प्रोत्साहन गर्न सरकारले समेत विशेष ध्यान दिनुपर्ने बताए । खेलकुदले नागरिकलाई स्वस्थ्य राख्ने र स्वस्थ्य नागरिकले राष्ट्रलाई योगदान पुराउने समेत उनले बताए । मंगरबार बाट सुरु भएको प्रतियोगिता १६ गतेसम्म चल्नेछ ।