arrow

इमरान खानमा जितको घमण्ड, भारतलाई यसो भने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
imran-khan2.jpg
तस्वीर–फाइल ।

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अहम् प्रकट गरेका छन् । उनले भारत–पाकबीचको सम्बन्धलाई लिएर क्रिकेटको जितहारसँग जोडेका छन् । 

पाकिस्तानले भारतलाई हराएपछि प्रतिक्रिया दिने क्रममा भनेका छन्, ‘भारतसँग हाल कुनै पनि प्रकारको छलफलका बारेमा केही बोल्नु ठीक हुने छैन । किनकि हिजोमात्रै क्रिकेट मैदानमा पाकिस्तानले तीतो हार चखाएको छ ।’

आइतबार भएको खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । उक्त समयमा इमरान खान साउदी अरेबिया र यूएईको भ्रमणमा रहेका थिए । सोही क्रममा साउदी इन्भेष्टमेन्ट फोरममा सम्वोधन गर्दै उनले क्रिकेटलाई बीचमा ल्याएका हुन् । 

उनले भने, ‘हाम्रो छिमेकमा दुई ठूला देश र बजार छन् । अफगानिस्तानको बाटो हामी मध्य एसियासम्म पुग्न सक्छौं । चीनसँग हाम्रो राम्रो सम्बन्ध छ तर कुनै तरिकाले भारतसँग पनि राम्रो सम्बन्ध बन्थ्यो भने निकै फाइदा हुने थियो । मलाई थाहा छ कि आइतबार हामीले क्रिकेटमा भारतलाई हरायौं । यो समय सम्बन्ध सुधारका लागि कुरा गर्नु गलत हुनेछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ