arrow

जनादेश हाम्रो पक्षमा आउनेछ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनादेश प्राप्त गर्ने बताएका छन् । मङ्गलवार पलिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । 

एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।”

 मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।  ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन्। 

एमालेले यही कात्तिक ६ गते सबै वडा स्तरमा अधिवेशन गरेको थियो भने मङ्गलवार नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ