arrow

काबुल बम आक्रमणमा उइगुरको संलग्नतापछि अफगानिस्तानमा चिनियाँ लगानी योजना प्रभावित हुन सक्ने

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
afgan-city.jpg
फाइल तस्बिर

काबुल। अफगानिस्तानमा पछिल्लो समय भएको विस्फोटमा एक उइगर व्यक्ति संलग्न भएको पाइएको छ। अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको आत्मघाती विस्फोट एक उइगर मुस्लिमले गराएको खुलेको हो।

उक्त कुराले चिनियाँ राष्ट्रिय सुरक्षाको शीर्ष नेतृत्व त्रसित बनेको छ। अफगानिस्तानमा लगानी गर्ने सोच बनाइरहेको चीनलाई यस घटनाले ठुलो धक्का लागेको छ।

उक्त विस्फोटपछि चिनियाँ लगानीकर्ताहरूले अफगानिस्तानमा सत्ता सम्हालिरहेको तालिबान सरकारलाई प्रतिबद्धताको मूल्य के हुने भन्ने प्रश्न गरिरहेका छन्। 

तालिबानलाई आफ्नो अधिकारको लडाइँ लडिरहेका उइगरहरुलाई रोक्न चीनले निर्देशनसमेत दिएको छ। उक्त घटनाको जिम्मेवारी आईएसआईएस-के ले लिएको थियो। 

अफगानिस्तानको एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा १६ जना मारिएका थिए भने ३२ जना घाइते छन्। सिया समुदायको मस्जिदलाई लक्षित गरी गत शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको हो। 

गत शुक्रवार पनि कुन्दुज सहरस्थित अर्को एक सिया मस्जिदमा बम विस्फोट गरिँदा २० जना मारिनुका साथै ९० घाइते भएका थिए। अफगानिस्तानमा तालिबान सरकार गठनपछि आईएसआईएलका लडाकुले आक्रमण तीव्र पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ