arrow

तालिबानले पीआईएका कन्ट्री म्यानेजरलाई दुई घण्टासम्म बनायो बन्धक

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
pia-airline-pakistan.jpg

काबुल। तालिबान विद्रोहीले बिहीबार पाकिस्तान इन्टरनेशनल एयरलाइन (पीआईए) का कन्ट्री म्यानेजरलाई दुई घण्टासम्म बन्धक बनाएको छ। स्रोतहरूका अनुसार कन्ट्री म्यानेजरलाई डिफेन्स अट्याचीसहित वरिष्ठ अधिकारीहरूको हस्तक्षेपपछि रिहा गरिएको २४ न्यूज एचडी टिभीले रिपोर्ट गरेको छ।

कन्ट्री म्यानेजरले अफगानिस्तानको भिसा लिएर काबुलस्थित पाकिस्तानी दूतावास छोड्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर बन्धक बनाएको हो। 

पाकिस्तानी दूतावासबाट बाहिर निस्कने क्रममा कन्ट्री म्यानेजरलाई बन्धक बनाएको स्रोतले पुष्टि गरेको छ। अफगानिस्तानको भिसा मुद्दामा उनलाई बन्धक बनाएको स्रोतले बताएको छ। पीआईएले यस हप्ता अफगानिस्तानको उडान बन्द गरेको छ। तालिबानले उडान मूल्य घटाउन दबाब दिएपछि पीआईएले उडान नै बन्द गरिदिएको हो। तालिबानले पीआईएका कर्मचारीहरूलाई पनि दुर्व्यवहार गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ