arrow

रुसबाट हतियार किने पनि भारतमाथि प्रतिबन्ध नलगाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
modi biden india usa.jpg

काठमाडौँ । दुई अमेरिकी प्रभावशाली सिनेटरले भारतमाथि प्रतिबन्ध नलगाउन राष्ट्रपति जो बाइडेनसँग आग्रह गरेका छन् ।

रुसबाट बिशेष किसिमका सैन्य हतियार खरिद गर्ने देशहरूमाथि अमेरिकाले प्रतिबन्ध लगाएर काउन्टर गर्ने (सीएएटीएसए) नीति अँगालेको छ ।

रुसबाट एस-४०० मिसाइल खरिद गर्दा भारतमाथि पनि सीएएटीएसए अन्तर्गतको प्रतिबन्ध लागु हुन सक्छन् । 

तर, डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क वार्नर र रिपब्लिकन पार्टीका जोन कोर्निनले राष्ट्रपति बाइडेनलाई पत्र लेख्दै भारतमाथि प्रतिबन्ध नलगाउन आग्रह गरेका हुन् ।

उनीहरूले भारतलाई राष्ट्रिय हितमा छूट दिनु अमेरिकाको पनि राष्ट्रिय सुरक्षाको हितमा रहेन भन्दै यस्तो आग्रह गरेका हुन् ।

'हामी भारतले एस ४०० मिसाइल सिस्टम खरिद गर्ने सन्दर्भमा सीएएटीएसए माफी दिन प्रोत्साहन दिन्छौँ । अमेरिकी कानुमा भए अनुसार सीएएटीएसए माफी दिँदा अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई फाइदा गर्छ भने यो छुट छ,' दुवै सिनेटरहरूले पत्रमा लेखेका छन् । 

सन् २०१८ को अक्टोबरमा भारतले पाँच वटा एस ४०० मिसाइल खरिद गर्नका लागि रुससँग ५ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको थियो ।

एस ४०० जमिनबाट हावामा लामो दुरीमा मार हान्नका लागि रुसको अत्याधुनिक मिसाइल प्रणाली हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ