arrow

क्‍वेटामा होशावको हत्याविरुद्ध निरन्तर सडक आन्दोलन

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
pakistan-balochistan-quetta-protest.jpg

क्‍वेटा। होसाबको हत्याविरुद्ध क्‍वेटाका सडकहरूमा निरन्तर आन्दोलनहरू भइरहेका छन्। ठुलो सङ्ख्यामा रहेका बलुच अधिकारकर्मीहरू, बलुच याकजेटी कमिटीका सदस्यहरू र विद्यार्थीहरूले निरन्तर आन्दोलन गरिरहेका छन्।

निकै विभत्स रुपमा हत्या गरिएका होसाबलाई न्यायको माग गर्दे बलुच याकजेटी कमिटीले क्‍वेटा, कराँची, तुरबात र बलुचिस्तानका विभिन्न भागमा निरन्तर आन्दोलन गर्ने घोषणा गरेको छ।

अक्टोबर १७ मा विद्यार्थीहरूले बलुचिस्तान विश्वविद्यालयमा आन्दोलन गर्दै सार्यान सडक बन्द गराएका थिए।

आन्दोलनकारीहरूले राज्यबाट तुरुन्त फ्रन्टियर कर्प्सलाई हटाउनुपर्ने र होसाबको हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेका छन्। नाकु मेहराब र पीडित परिवारले आफूहरूमाथि फ्रन्टियर कर्प्सले निरन्तर दुर्व्यवहार गर्ने गरेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ