arrow

पाकिस्तानी ऊर्जा प्रसारण निकायद्वारा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
pakistan-flag.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानको राष्ट्रिय प्रसारण तथा डिस्प्याच कम्पनीले एक चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ। चिनियाँ कम्पनीले एक महिनाका लागि कुनै पनि टेन्डर तथा बिडिङ गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार पाकिस्तानको ऊर्जा मन्त्रालय अन्तर्गतको ऊर्जा विभागले नक्कली डकुमेन्ट बनाएको पाइएपछि प्रतिबन्ध लगाउँदै कालोसूचीमा राखेको हो।

उक्त चिनियाँ कम्पनीले बिडिङका लागि पठाएको डकुमेन्टहरू नक्कली र किर्ते भएको पाइएको जनाइएको छ। एनटीडीसीले जारी गरेको एक विज्ञप्ति अनुसार एनटीडीसी अन्तर्गतका सम्पूर्ण गतिविधिहरूमा एक महिनाका लागि उक्त चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको हो।

उक्त पत्र सबै सरकारी निकायहरूमा पठाइएको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ