arrow

बुटवल उपमहानगरद्वारा विभिन्न करमा छुट

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
butwal-metro.jpg

बुटवल । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सामाजिक आर्थिक क्षेत्रमा परेको नकारात्मक असरलाई मध्यनजर गर्दै बुटवल उपमहानगरले विभिन्न करमा छुटको व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न करदाताहरूलाई तोकिएको समयावधि भित्र कर बुझाएमा निर्धारितका कर रकममा १५ प्रतिशत देखि २५ प्रतिशत सम्म छुट दिने व्यवस्था मिलाएको हो । 

आर्थिक ऐन २०७८ मा भएको उल्लेख गर्दै कानुन बमोजिम प्राप्त हुने छुटलाई उपयोग गरी पुरानो बक्यौता रकमलाई गरिएको मिनाहा बाट फाइदा लिन बुटवल उपमहानगरले नगरवासीहरूलाई आग्रह गरेको छ ।

उप-महानगरपालिकाले एक सूचना जारी गर्दै मालपोत करमा कार्तिक मसान्त सम्म १५ प्रतिशत छुट गत आर्थिक वर्ष २०७७/०७८ को बक्यौता रकममा जरिवाना मिनाहा गर्ने जनाएको छ ।

यही कार्तिक मसान्त सम्म सम्पत्ति कर बुझाएमा १५ प्रतिशत चालु वर्षको छुट र गत आर्थिक वर्ष २०७६/०७७ को बक्यौता रकम भने मिनाहा गरेको  छ ।

यही कार्तिक मसान्त सम्म घर बहाल कर बुझाउने हरूलाई २५ प्रतिशत छुट गरेको छ भने आगामी फाल्गुन मसान्त सम्म बुझाएमा १५ प्रतिशत र चालु आर्थिक वर्षको २०७९ असार मसान्त भित्र कर बुझाएमा ५ प्रतिशत छुटको व्यवस्था गरेको बुटवल उप-महानगरपालिकाका प्रेस संयोजक अमृत गिरीले जानकारी दिए ।

त्यस्तै पेशा व्यवसाय करमा पनि यही कार्तिक मसान्त सम्म बुझाउने हरूलाई २५ प्रतिशत छुट फाल्गुन मसान्त भित्र कर बुझाएमा १५ प्रतिशत र चालु आर्थिक वर्षको अन्तिम असार मसान्त सम्म ५ प्रतिशत छुट दिएर नगरबासीहरुलाई सहुलियत दिँदै आर्थिक वर्ष २०७६/०७७ को बक्यौता करलाई मिनाहा गरेको उप-महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

No description available.



नयाँ