arrow

बागमती प्रदेशको मुख्यमन्त्री बने राजेन्द्र पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
rajendra-pandey-bagmati-cm.jpg

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा  पाण्डेलाई नियुक्त गरेका हुन् ।

यसै गरी मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबी पत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । 

गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन छ । 

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ