arrow

आम निर्वाचनमा गठबन्धन हुँदैन : सुजाता कोइराला

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
sujata-koirala.jpg

चितवन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन् । 

बिहिवार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” 

कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ । 

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन् । उनले भनिन्, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर्‍यो । समयमा नै अधिवेशन हुनुपर्छ ।” 

महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन् । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् ।

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, “यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।”  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ