arrow

घनश्याम भुसालको तीन बुँदे प्रस्ताव...

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
bhusal1.jpg
फाइल तस्बिर

काठमाडौँ। बिरामी भई घरमा बसेका एमाले उपमहासचिव घनश्याम भुसालले बिहीवारको स्थायी कमिटी बैठकमा उपस्थित नभए पनि तीन बुँदे प्रस्ताव पेस गरेका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरी पेस गरेको प्रस्तावमा पार्टी विवाद निरूपणका लागि गरिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनु पर्ने उल्लेख गरेका छन्।

कोरोना भाइरस (कोभिड–१९) भएर आइसोलेसनमा बसिरहेका भुसालले आफ्ना प्रतिनिधिमार्फत अध्यक्ष केपी ओलीलाई लिखित धारणा पठाउँदै १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनु पर्ने जिकिर गरेका हुन्। भुसालले ३ पेजमा आफ्नो धारणा अध्यक्ष ओलीलाई सम्बोधन गरेर पठाउँदै गत स्थायी कमिटी बैठकमा भएका केही छलफल पश्चात् अध्यक्षले बैठकमा राखेका धारणामा मौखिक फरक मत राखेको र त्यसमा थप स्पष्ट पार्न लिखित धारणा पठाइएको बताएका छन्।

‘अन्तर पार्टी निर्देशनको कार्यान्वयनमा जुन खालका समस्या देखिए–देखाइए त्यसबारे नेतृत्वले ध्यान दियो वा दिएन त्यो आफैमा छलफलको विषय थियो। तर, महिनौँसम्मका छलफल, सार्वजनिक चर्चा, टिका–टिप्पणीसमेत भएर गरिएको सहमति र केन्द्रीय कमिटीले गरेको निर्णयसमेत लागू नहुने, बरु लागू नहुनु नै ठिक छ जस्तो गरी हामीले सार्वजनिक रूपले बोल्ने कुराले तत्कालका लागि कसैलाई निजी वा समूहगत फाइदा हुन सक्ला तर त्यसले समग्र पार्टीको विश्वसनीयतामा प्रश्न उठ्दै जान्छ, अरू कैयन् घटनामा पनि हामीले विश्वसनीयता प्रस्ट गर्न सकेका छैनौँ,’ भुसालको पत्रमा भनिएको छ, ‘पटक–पटक उठ्ने यस्ता प्रश्नले खुला, पारदर्शी, सहिष्णु, मूल्य आधारित आन्तरिक लोकतन्त्र र सङ्घ बद्धताजस्ता तत्त्वले बनेको नेकपा एमालेको राजनीतिक–सांस्कृतिक आनुवंशिकमा आक्रमण गर्छन्। कुनै खास घटनामा हामीले व्यक्तिगत वा सामूहिक रूपमा गल्ती गर्न सक्छौँ र आफ्नो आन्तरिक विधि तथा परम्पराका आधारमा त्यसको समाधान गर्न गर्छौँ। तर हाम्रो जस्तो जिम्मेवार इतिहास भएको पार्टीको सांस्कृतिक आनुवंशिकमा विकृति उत्पन्न भयो भने त्यसले पिँढी दर पिँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने १० बुँदे जे भनेर गरिएको थियो त्यसै गरी लागू गरियोस्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ