arrow

भारतमा तीन करोड ४२ लाख संक्रमित 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
corona-india-help.JPG

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका संक्रमति थपिएपछि कूल संक्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  

सोही अवधीका कोरोना संक्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । 

एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला  राज्यका रहेका छन् । 

हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । 

गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ