arrow

महाभियोग लगाउने सङ्ख्या नभएर त चुप लागेर बसेका हौँ : कर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
Laxman-Lal-Karna-hindi.jpg.jpeg

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफूहरुसँग प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने संख्या नै नभएकोले त्यतातिर केही नसोचेको बताएका छन् । 

उनले राज्यको तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पंगु भएको टिप्पणी गरे । उनले भने,‘आज राज्य कहाँ छ भनेर खोज्नुपर्ने बेला आयो । अहिले जनता रोईरहेका छन्। देशभरि बेमौसमी वर्षाको वितण्डा भयो । किसान मारमा छन् । सरकारले राहत दिनुपर्ने बेला हो । क्षतिपूर्ति दिने त भनेको छ, तर कहाँ र कहिले दिन्छ ? कार्यपालिका पंगु बनेर बसेको छ। यो बन्न नै तीन महिना समय लाग्यो ।’

उनले राजनीतिमा अदालत प्रवेश गरेकाले अहिले अदालतमा पनि राजनीति प्रवेश गरेको गुनासो छ । उनले भने,‘आज ६ लाख व्यक्ति नागरिकताविहीन छन् । म केपी ओलीलाई धन्यवाद छु । उहाँले हिजो नगारिकतासम्बन्धी अध्यादेश ल्याउँदा कोर्टले रोक्यो । अदालतको अवस्था यही छ। सर्वोच्च अदालतको लिडर प्रधानन्यायधाीश हुन । सारा न्यायाधीश एकातिर अनि प्रधानन्इायाधीश अर्कोतिर । अहिले पनि २८ हजार मुद्दा फैसला हुन बाँकी छ ।’

उनले अहिले देखिएको अदालतभित्रको समस्याको समाधान कोर्टले नै गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले न्यायाधीशहरु भन्छन् छोड्नुपर्छ । वकिलहरु त्यही भन्छन् । एक जनाले छोड्दा सुधार आउँछ भने किन बसिरहने ? सुधार गर्नुपर्छ । जनताको बोली ठूलो कुरा हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ