arrow

नेपाल बारद्वारा आन्दोलनको घोषणा

प्रधानन्यायाधीशलाई राजीनामा दिन ५ दिनको अल्टिमेटम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
cholendra-shamsher-2.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट राजीनामा दिन नेपाल बार एसोसिएसनले ५ दिनको समय दिएको छ।

नेपाल बार एसोसिएसनले शुक्रवार बसेको बैठकमार्फत प्रधानन्यायाधीशविरुद्ध भद्र आन्दोलनको घोषणा गर्दै राजीनामाका लागि ५ दिनको समय दिएको हो।

आन्दोलन अन्तर्गत बारले आइतबारदेखि बुधवारसम्म एक घण्टा कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको नेपाल बारका एक पदाधिकारीले जानकारी दिए।

यो समय भित्र राजीनामा नआए बारले थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ। बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न पनि चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ