arrow

सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि शुक्रवार आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन ।  

 पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो । उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ । 

आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए । सोमबारदेखि त मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । 

 गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन । 

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई संविधान र कानून बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरेका छन् ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ