arrow

‘संयम’ बन्न सुडानी सेनालाई संयुक्त राष्ट्रसंघको आग्रह

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
sudan-map.jpg

रोम । सुडानको सेनाले हालैका दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घातक झडपपछि प्रदर्शनकारीप्रति ‘संयमता’ देखाउनुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ । 

सुरक्षाकर्मीले विपक्षी प्रदर्शनकारीहरूविरूद्ध बल प्रयोग गरी करिब दर्जन व्यक्तिको मृत्यु भएकोले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षले वार्ता थाल्न आवश्यक भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार बताएका हुन् । 

गुटेरेसले पत्रकारहरूलाई रोममा जी-२० शिखर सम्मेलन अगाडि भने, “शनिबार राष्ट्रसंघले यस सम्बन्धमा एउटा औपचारिक धारण जारी गर्नेछ । 

उनले थपे, “मैले सेनालाई अब अरू कुनै व्यक्ति सुरक्षाकर्मीको तर्फबाट पिडित हुनु गलत हुनेछ । यसका लागि सुडानको सेनाले संयम देखाउन आग्रह गर्छु । मानिसहरूलाई शान्तिसित प्रदर्शन गर्न दिनुपर्छ र यो जरूरी छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ