arrow

तालिबानद्वारा इस्लामिक शासनमा महिला अधिकारको सुरक्षा गर्ने प्रतिबद्धता

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
afghanistan-refugee.jpg
फाइल तस्बिर

काबुल। तालिबानले मङ्गलवार महिला अधिकारको सम्मान गर्ने, सत्ताविरुद्ध लड्नेहरूलाई माफ गर्ने र विश्व शक्तिहरू र भयभीत जनसङ्ख्यालाई आश्वस्त पार्ने उद्देश्यले अफगानिस्तानलाई आतङ्ककारी हरूको आश्रय स्थल नबनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

अफगानिस्तानमा धेरै सहरहरू बिना लडाई विद्रोहीहरूको हातमा परेको देखेपछि, तालिबानले सन् १९९० को दशकको उत्तरार्धमा इस्लामिक शासनको कडा रूप लागु गरेको भन्दै आलोचना हुन थालेपछि आफूलाई बढी उदारवादी रूपमा चित्रण गर्न खोजेका छन्। तर धेरै अफगानीहरूले भने तालिबानको वाचाप्रति आशङ्काका व्यक्त गरेका छन्। अहिले पनि हजारौँ अफगानीहरू देश छोड्न हताश रूपमा विमानस्थलतर्फ दौडिरहेका छन्। 

पुरानो पुस्ताले तालिबानको अघिल्लो शासनलाई सम्झिएका छन्। अघिल्लो शासनकालमा तालिबानले महिलाहरूलाई घरभित्रै सीमित राखेका थिए, टेलिभिजन र सङ्गीतमा प्रतिबन्ध लगाएका थिए र उल्लङ्घन गर्नेलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएका थिए। सन् २००० को सेप्टेम्बर ११ मा पेन्टागनमा भएको आक्रमणको बदलामा अमेरिकाको नेतृत्वमा भएको आक्रमणले तालिबानलाई शक्तिबाट हटायो। तालिबानले अलकायदालाई संरक्षण दिएको भन्दै अमेरिकाले आक्रमण गरेको थियो। 

पछिल्लो समय भने तालिबानले आफूले अघिल्लो शासनकालका नियमहरू नदोहोर्‍याउने प्रतिबद्धता गरेको हो। तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलवार आफ्नो पहिलो सार्वजनिक उपस्थितिमा महिला अधिकारको सुरक्षा गर्ने ग्यारेन्टी गरेका हुन्। 

उनले तालिबानले इस्लामिक कानुनको मापदण्डभित्र महिला अधिकारको सम्मान गर्ने वाचा गरेका छन्। तालिबानले महिलाहरूलाई काममा फर्कन प्रोत्साहित गरेको छ र केटीहरूलाई स्कूल फर्कन अनुमति दिएको छ। ढोकामा इस्लामिक हेडस्कार्फहरू उपलब्ध गराइने भएको छ। एउटी महिला न्यूज एन्करले सोमबार एक टिभी स्टुडियोमा तालिबान अधिकारीसँग अन्तर्वार्ता लिएकी थिइन्। 

महिलाहरूको व्यवहार मुस्लिम संसारमा व्यापक रूपमा भिन्न हुन्छ र कहिलेकाहीँ एउटै देश भित्र पनि, ग्रामीण क्षेत्रहरू धेरै रूढिवादी परम्परा पनि हुने भएकोले इस्लाम अनुसार महिलाहरूले पनि आफूलाई राख्नुपर्ने तालिबानी अधिकारीले बताएका छन्। छिमेकी पाकिस्तान सहित केही मुस्लिम देशहरूमा महिला प्रधानमन्त्रीहरू भएको र अति परम्परागत साउदी अरेबियाले भर्खरै महिलाहरूलाई गाडी चलाउन अनुमति दिएकोसमेत उनले उल्लेख गरेका छन्। 

तालिबानले आफूमाथिको शङ्काको नजर हटाउन र सहयोग गर्न आग्रह गरेका छन्। 



नयाँ