arrow

काश्मीर मुद्दामा टर्की लचक बनेपछि पाकिस्तान र टर्कीबीच द्वन्द्वको सङ्केत

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
turkey-geopolitical.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तान र टर्की दुई मुस्लिम बाहुल्य राष्ट्रहरू बीचको सम्बन्ध सुमधुर चलिरहेको भए पनि पछिल्लो समय भने एकाएक द्वन्द्वको सङ्केत देखिएको छ। आंकाराले काश्मीर मामिलामा आफ्नो लचक अभिव्यक्ति दिएपछि पाकिस्तान आक्रोशित बनेको हो।

पाकिस्तानले काश्मीर मामिलामा पूर्ण रूपमा आफूलाई समर्थन गर्नुपर्ने बताएको भए पनि टर्कीले भने लचकता देखाएको हो। पाकिस्तानको ऊर्जा कोरिडोरको विषयमा आक्रोशित बनेका टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोआनले काश्मीर मामिलामा लचकता देखाएको सेरगेओ रेस्तेलीले इटालियन वेबसाइटमा एक लेखमार्फत जनाएका छन्। 

टर्कीका राष्ट्रपति एर्दाआनले आफ्नो पछिल्लो सम्बोधनमा काश्मीर मामिलालाई चिनियाँ उइगर र रोहिंग्याको समस्यासँग जोडेर यसले मुस्लिमहरूमाथि भइरहेको उत्पीडनको रूपमा व्याख्या गरेको थिए। तर, पाकिस्तानले भने काश्मीर मामिलालाई भारतको अराजकताको नमुनाको रूपमा व्याख्या गर्दै पूर्ण काश्मीरमा आफ्नो दाबी गरिरहेको छ। 

त्यसै गरी पाकिस्तानी पृथकतावादीको मृत्यु र काश्मीर प्रमुख सयद अलि साह गिलानीको मृत्युको प्रसङ्गमा टर्कीले प्रवाह गरेको सन्देशले पनि पाकिस्तान रुष्ट बनेको हो। त्यसै गरी टर्कीले पाकिस्तान एफएटीएफमा पनि असफल भएका कारण ग्रे लिस्टमा परेकोसमेत उल्लेख गरेको छ।

विगतमा पाकिस्तानका हरेक कुरलाई समर्थन गर्दै आएको टर्कीको पछिल्लो पोस्चरले पाकिस्तानलाई असहज बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ