arrow

चीनमा धार्मिक अल्पसङ्ख्यकका अङ्ग कालोबजारी हुने गरेको खुलासा

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
xinjiang-china.jpg
फाइल तस्बिर

सिन्जियाङ। चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम र अन्य धार्मिक अल्पसङ्ख्यकका अङ्गप्रत्यङ्ग बिक्री वितरण हुने गरेका खुलेको छ। चीनमा अल्पसङ्ख्यक मुस्लिम समुदाय र अन्य धार्मिक अल्पसङ्ख्यकका अङ्ग प्रत्यारोपणका लागि कालो बराजीमा बिक्री वितरण भइरहेको खुलेको हो। उनीहरूको अङ्ग प्रत्यारोपणका लागि कालो बराजीमा लाखौँ डलरमा बिक्री वितरण भइरहेको विभिन्न रिपोर्टले जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एनी न्युज र हेराल्ड सनमा प्रकाशित रिपोर्टअनुसार चीनको कालोबजारीमा अल्पसङ्ख्यक मुस्लिम र धार्मिक समुदायका कलेजोहरू बिक्री वितरण हुने गरेका छन्। सो समुदायका स्वस्थ मानिसको कलेजो करिब १ लाख ६० हजार अमेरिकी डलरमा बिक्री हुने गरेको र वर्षेनी १ बिलियन अमेरिकी डलरको कलेजो कालोबजारीमा बिक्री हुने गरेको रिपोर्टमा उल्लेख छ।

चीनको हिरासतमा रहेका विभिन्न चिनियाँ मुस्लिम र धार्मिक अल्पसङ्ख्यकहरूको अङ्गप्रत्यङ्ग बिक्री वितरण एवम् तस्करीको यो घटना पहिलो नभएको संयुक्त राष्ट्रसङ्घको मानव अधिकार आयोगले जनाएको छ।

यसअघि गएको जुन महिनामा आयोगले चीनको हिरासतमा बसेका फालुन् गोङ अन्वेषकहरू, उइगुरु, तिब्बतीहरू, मुस्लिम र क्रिष्चियनहरूको विभिन्न अङ्ग तस्करी भएको रिपोर्ट निकालेको थियो।

कलेजो मात्र नभई विभिन्न अल्पसङ्ख्यक समुदायका मुटु, किड्नी, कर्निया लगायतका अङ्ग तस्करी हुने गरेको सो रिपोर्टले उल्लेख गरेको थियो। ती अङ्ग तस्कर गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न पदका व्यक्ति संलग्न हुने गरेको रिपोर्ट.हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ