arrow

राप्रपा काभ्रे अध्यक्षमा पुनः टुल्कु लामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
tulku-lama-rpp.JPG

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको काभ्रे जिल्ला अध्यक्षमा टुल्कु लामा चयन भएका छन् । पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिवेशनले लामालाई पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

राप्रपा काभ्रे जिल्ला उपाध्यक्षमा गणेशलाल श्रेष्ठ,श्रीदास लामा,गङ्गामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् । 

२९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार्टीको गतिविधिलाई तीव्रता दिइने अध्यक्ष लामाले बताए।

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले गरेका थिए । उनले वर्तमान सरकारले सुर लिन नसकेको आरोप लगाउँदै गठन भएको ४ महिना अवधिमा जनताका समस्या समाधान गर्ने र मुलुकलाई दिशा दिने काम हुन नसकेको तर्क गरे । 

कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिं मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ