arrow

म्यूजिक भिडियो ‘चौतारीमा छाँया’: वैदेशिक रोजगारको यथार्थ चित्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
chautari_ma_chaya_for_gv_news__rGxF6vB9sp.jpg

पोखरा । म्युजिक भिडियो चौतारीमा छाँया सार्वजनिक भएको छ । शंकर फिल्म नामको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियो सार्वजनिक भएको छोटो समयमै करिब डेढ लाख दर्शकले मन पराएका छन् ।

सविन गायक प्रोजेक्ट प्रमुख रहेको सो भिडियो नेत्र गुरुङ र स्वयं सविन गायकले तयार गरेका हुन् ।

भिडियोको निर्देशन तथा सम्पादन नेत्र गुरुङ र सहनिर्देशन सन्देश भुर्तेलले गरेका हुन् भने आशिष दियालीले स्वर दिएका छन् । 

भिडियोको डिओपी मिलन शंकरले गरेका छन् भने अग्रज कलाकार प्रकाश घिमिरे विशेष अतिथिको भूमिकामा देखिएका छन् ।

भूपाल शंकर, देवी शंकर र बनी शंकरको लगानीमा निर्माण भएको हो । गीतको म्युजिक भिडियोलाई कास्की अर्चलेमा छायाँकन गरिएको हो ।

सञ्जल बिटु भण्डारीको म्यूजिक रहेको यो भिडियोमा विजेश गुरुङ, सरिता दानकुटी, सुनिल गायक र आशिष सेडाइँले रोमाञ्चक अभिनय गरेका छन् । 

जायन स्टूडियोमा अडियो तयार गरिएको हो भने डविङ र मिक्सिङ नमस्ते पोखरा रेकडिङ स्टूडियोका साहिल गायक र उत्पादन आकाश दाहालले गरेका हुन् ।

भिडियोमा ग्रामीण परिवेश र वैदेशिक रोजगारलाई उठान गरिएको छ । 

एउटा नेपाली युवा विदेशिनु पर्ने कारण, विदेशमा गर्नुपर्ने दुःख र विदेशबाट नेपाल फर्किएपछि स्वदेशमा मिलेको खुशीलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ । 

हेरौं भिडियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ