arrow

डब्लूएचओका महानिर्देशक र रुसी विदेश मन्त्री बिच भेट

logo
एएनआई,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
who-president-tedros.jpg
महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस

जेनेभा [स्विजरल्याण्ड] । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतबार रुसी विदेश मन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन्।  सो अवसरमा उनीहरू बिच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ। 

उक्त अवसरमा विश्व स्वास्थ्य सङ्गठनको मुख्य भूमिकालाई केन्द्रमा राखेर स्वास्थ्यसँग सम्बन्धित जटिलता र  सम्भावित खतरा रोक्न सहमति  जनाइएको छ । साथै आगामी विश्व स्वास्थ्य सम्मेलनको विशेष सत्रमा महामारी नियन्त्रणको तयारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबारे पनि छलफल भएको छ । 

यो भेट हालै देशमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका बिच भएकाले अर्थपूर्ण रूपमा हेरिएको छ। रुसमा शनिवार मात्रै ४०,२५१ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने १,१६० ले ज्यान गुमाएका छन् । 



नयाँ