arrow

जापानमा सत्तारुढ एलडीपीले बहुमत ल्याउने सर्वेक्षण 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
japan-pm-umio-kishida.jpg

टोकियो । जापानको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र उसका सहयोगी कोमेइटोको सत्तारुढ गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा संसदको तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा सार्वजनिक सर्वेक्षणले आइतबार देखाएको छ ।

सरकारको कोभिड–१९ प्रतिक्रिया र आय असमानतासँग असन्तुष्ट मतदाताहरूको समर्थनको लागि आह्वान गरेका विपक्षी दलहरूविरुद्ध ४६५ मध्ये कम्तीमा २३३ सीट प्राप्त गर्दै सत्ताधारी गठबन्धनले संसदमा शक्तिशाली प्रतिनिधि सभामा आफ्नो बहुमत कायम राख्ने प्रक्षेपण गरिएको छ । 

यद्यपि रिपोर्ट अनुसार एलडीपीको यस पहिले प्रतिनिधि सभामा रहेको २७६ सिटमध्ये केही सिट गुम्ने देखिएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका छन् । 

आम निर्वाचनको मतदान आइतबार साँझ सकिएको छ। स्थानीय समयअनुसार ८:०० बजे देशभर मतदान केन्द्र बन्द भएका छन् । मतदानस्थलमा पुगेका मतदाताले भने राति अबेरसम्म मतदान गर्न पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ