arrow

मोदीको इटाली भ्रमणले भारतीय डायस्पोरा, धार्मिक नेता एवं विज्ञहरू उत्साहित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
modi italy india.jpg

काठमाडौँ । जी-२० सम्मेलनमा सहभागी हुन इटाली पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले त्यहाँका डायस्पोरा, धार्मिक नेता एवं विज्ञहरू उत्साहित भएका छन्। अक्टोबर ३० र ३१ जी-२० सम्मेलनमा सहभागी हुन मोदी गत शुक्रवार इटाली पुगेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीमा त्यहाँ स्थित भारतीयहरूसँग कुराकानी गरेका थिए। प्रधानमन्त्री मोदीसँगको अनुभव बताउँदै इस्कनका अध्यक्ष मधु सबिता दासले आफू खुसी भएको बताएका छन्।

प्रधानमन्त्री मोदीलाई रामायण गिफ्ट गरेको र उनले रामायण मन पराएको समेत इस्कनका अध्यक्ष सबिता दासले बताए।

यस्तै सनातन धर्म सङ्घकी अध्यक्ष स्वामी हंसानन्द गिरीले प्रधानमन्त्री मोदीसँग भेट् पाउँदा असाध्यै खुसी लागेको बताएकी छन् । यस्तै उनले भारतीय संस्कृति मानव जातिका लागि एक खजाना भएको टिप्पणी गरेकी छन्।

यस्तै इटालीको टुरिन विश्वविद्यालयमा हिन्दी भाषाका सह प्राध्यापक अलेसेन्ड्रा कन्सोलारोले प्रधानमन्त्री मोदीसँग भेट्न पाउँदा खुसी भएको बताएकी छन्।

प्रधानमन्त्री मोदीले आफ्नो पढाइ, भाषा एवं भारतीय संस्कृतिका बारेमा कुराकानी गर्दा आफूले गर्भ महसुस गरेको उनले बताएकी छन्।

यस्तै नेपल्स विश्वविद्यालयमा हिन्दी भाषाका सह प्राध्यापक स्टेफानिया काभालिरे पनि भारतीय प्रधानमन्त्री मोदीसँग भेट एवं कुराकानी गर्न पाउँदा खुसी भएको बताइन्। प्रधानमन्त्री मोदीसँग, भाषा, संस्कृति, साहित्यलगायतका विषयमा छलफल भएको उनले बताइन्।

इटालीमा रहेको भारतीय सिख समुदायका सुखदेव सिंह काङले पनि प्रधानमन्त्री मोदीसँग भेट्न पाएकोमा खुसी व्यक्त गरे।

प्रधानमन्त्री मोदीसँग पारिवारिक तरिकाले सिख र अन्य हिन्दु समुदायको विषयमा कुराकानी भएको उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ