arrow

हिन्द प्रशान्तमा सहकार्य गर्न भारत र फ्रान्सद्वारा प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
india-france.JPG

आइएनएन ।  भारत र फ्रान्सले हिन्द प्रशान्तमा सहयोग गर्ने र यस क्षेत्रमा स्वतन्त्र, खुला र नियममा आधारित व्यवस्थामा योगदान दिन नयाँ र अभिनव तरिकाहरू खोज्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएका छन्।

शुक्रवार इटालीको रोममा भएको जी २० शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बिच भएको द्विपक्षीय बैठकमा यस विषयमा छलफल भएको थियो।

दुई नेताहरूले भारत-फ्रान्स रणनीतिक साझेदारीको व्यापक दायरा बढेको मा सन्तुष्टि व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले ट्विटरमा भने, "मेरो मित्र, राष्ट्रपति इमानुएलम्याक्रोन लाई रोममा भेट्न पाउँदा निकै खुसी लागेको छ। विभिन्न क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्न र जनता-जनताको सम्बन्धलाई बढवा दिन हामी ले वार्ता गरेका थियौँ।"

प्रधानमन्त्री मोदीले सन् २०२१ को सेप्टेम्बर महिनामा जारी गरिएको युरोपेली सङ्घको हिन्द प्रशान्त सम्बन्धित रणनीतिको पनि स्वागत गरेका छन् ।  फ्रान्सको नेतृत्वदायी भूमिकाका लागि फ्रान्सेली राष्ट्रपतिलाई धन्यवाद दिएका छन्।

विदेश मन्त्रालयका अनुसार दुई नेताहरूले आगामी कोप २६ मा जलवायु वित्तका मुद्दाहरू बारे छलफल गर्नु पर्ने आवश्यकता बारे पनि चर्चा गरेका छन्।

प्रधानमन्त्री मोदीले राष्ट्रपति म्याक्रोनलाई जतिसक्दो चाँडो भारत भ्रमणमा आउन निम्तो पनि दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ