arrow

बाइडेनसँग अँगालो हालेर हिँडे मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
biden-modi.JPG

आइएनएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी २० शिखर सम्मेलनबाट स्कटल्याण्डको ग्लास्गोमा तर्फ लागेका छन् ।प्रधानमन्त्री मोदीले शनिवार जी २० शिखर सम्मेलन को पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायत अन्य विश्व नेताहरूसँग भेटघाट र कुराकानी गरेका छन्।

इटलीको राजधानी रोममा शनिवारदेखि सुरु भएको जी २० को शिखर सम्मेलन आइतबारसम्म चलेको थियो । दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरू सहभागी भएका थिए । 

मोदीले शनिवार जी २० शिखर सम्मेलन को पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायत अन्य विश्व नेताहरूसँग भेटघाट र कुराकानी गरेका छन्।

सो सन्दर्भमा प्रधानमन्त्री कार्यालयले विविध तस्बिरहरू ट्विटरमा राखेको छ। एक तस्बिरमा प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अँगालो हाल्दै हिँडिरहेका देखाइएको छ र हल्का कुराकानी गरिरहेको पनि देखाइएको छ। दुई नेता एक अर्काको उपस्थित मा निकै खुसी देखिएका छन्।

सेप्टेम्बर महिनाको २४ तारिखमा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीसँग पहिलो पटक व्यक्तिगत भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति म्याक्रोनसँग पनि भेट गरेका छन् । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटमा भनेका छन्: "प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० को पृष्ठभूमि मा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सँग भेट गरेका छन्। विभिन्न विषयहरूमा भारत-फ्रान्स सहयोगको बारेमा छलफल गरिएको छ र रणनीतिक साझेदारीका लागि दुवे नेताले आ-आफ्ना प्रतिबद्धता दोहोर्‍याएका छन्। साथै विश्वव्यापी र क्षेत्रीय घटनाक्रमको बारेमा पनि छलफल भएको छ।"

सोही सन्दर्भमा प्रधानमन्त्री कार्यालय ले‌ पनि एक ट्विट गरेको थियो जसलाई विदेश मन्त्रालयका प्रवक्ता ले फेरि ट्विट गरेका थिए। प्रधानमन्त्री कार्यालय को ट्विट मा भनिएको छ, "भारत र फ्रान्सले विभिन्न क्षेत्रमा व्यापक सहयोग गरिरहेका छन्। आजको वार्ताले दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई गति दिनेछ।”

प्रधानमन्त्री मोदी ले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग पनि भेटवार्ता गरेका थिए।सेप्टेम्बर महिना मा जस्टिन ट्रुडोको नेतृत्वमा लिबरल पार्टी पुनः सत्ता मा फर्किएको थियो।

साथै प्रधानमन्त्री मोदीले बेलायती प्रधानमन्त्री बोरिस जोनसन सँग पनि भेटेका थिए। यसअघि प्रधानमन्त्री मोदी सहित सम्पूर्ण विश्व नेताहरू पारिवारिक तस्बिरका लागि भेला भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ