arrow

अफगानिस्तानमा करिब आधा जनसङ्ख्या गम्भीर भोकमरीको सामना गर्दै

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
di-lauro-woman-unicef.jpg

काबुल। अफगानिस्तानमा चरम भोकमरी सुरु भएको छ। तालिबानले अफगानिस्तान कब्जा गरेपछि विदेशी सहायता रोकिएसँगै भोकमरी बढेको हो। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा करिब आधा जनसङ्ख्या भोकमरीको सामना गरिरहेको बताएका छन्। राष्ट्रसङ्घले तत्काल उपर्युक्त कदम नचाले लाखौँ अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसङ्घले चेतावनी दिएको हो।

अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसङ्ख्यामा पर्याप्त खाद्यान्नको अभाव छ। त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको सिकार बनेका छन्।

‘अफगानिस्तानमा अहिले मानव सङ्कट गहिरिएको छ। त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने।

१५ अगस्तमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक सङ्कट चुलिएको छ। अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय सङ्कट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन्।

अफगानिस्तानमा गम्भीर मानवीय सहायता आवश्यकता भएकोसमेत बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ