arrow

‘गच्छदारले पनि छोडे ओलीको साथ, बामदेवले भने जस्तै भो’

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
Bijaya_Gachhadar.jpg.jpeg
काठमाडौं । विजयकुमा गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समेत सरकारबाट समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय तीनकुनेमा बसेको पदाधिकारी तथा संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको स्वास्थ्य मन्त्री रहेका रामजनम चौधरीले हाम्राकुरालाई जानकारी दिए । 
 
उनले भने, ‘निर्णय भइ सक्यो हामी प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै छौं ।’ फोरम लोकतान्त्रिकबाट पार्टी अध्यक्ष गच्छदार उपप्रधानमन्त्री नै थिए । उनले प्रधानमन्त्री भारत भ्रमण र चीन भ्रमणमा जाँदा कार्यबहाक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।लोकतान्त्रिकको संसदमा १४ सिट छ । संविधान बनाउन कांग्रेस, एमाले र माओवादीसग १६ बुदे सहमति गरेका गच्छदारले अन्तिम समयमा संविधानमा हस्ताक्षर भने गरेनन् ।
 
बामदेवले भने जस्तै भो 
माओवादी केन्द्रले समर्थन फिर्ता लिएकै दिन २८ असारमा एमाले उपाध्यक्ष बामदेव गौतमले हाम्राकुरासंग भनेका थिए, ‘मैले सुनेको छु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा सबै एक ठाउँमा आइसके । सत्तामा रहेका अन्य दलहरुले छोडिसके ।’ यस्तो अवस्थामा राजीनामा दिन्न भनेर हुन्छ र ?
 
अविश्वास प्रस्ताव दर्ता भएको दिन २९ गते गच्छदारका छोराको विवाह थियो । पारिवारीक झमेलाले समयमै गच्छदारले पार्टीभित्र छलफल गर्न सकेनन् । १ गते छोराको विवाह भोज भयो । तर, त्यसअघि उनी दाहाललाई भेट्न निवासमै पुगे ।
 
आफ्नो पारिवारीक काम फत्ते भएपछि गच्छदारले अनौपचारिक छलफल गरे । तर, कानुनी जटिलताका प्रश्न आइरहेका बेला औपचारिक निर्णय गर्न उपयुक्त ठानेनन् । शुक्रबार संसदमा मन्त्रीहरुकै लहरमा बसेका उनले विधेयक अस्वीकृत हुने वित्तिकै शनिबार औपचारिक निर्णय गरे । केही दिन अघि पार्टीका नेताहरुले पनि  हतारो छैन भनेका थिए ।   
 
यो संगै लोकतान्त्रिक सरकारमा जाने लगभग पक्का भएको छ । तर, नेताहरुले सरकारमा जाने नजाने विषयमा छलफल भइरहको बताएका छन् । ओली सरकारमा जाँदा भएको ८ बुँदे सम्झौताका ३ बुँदा अझै पूरा हुन बाँकी रहेकाले पनि फोरम लोकतान्त्रिकलाई सरकारमा जार्नै पर्ने वाध्यता छ । जुन सहमति पत्रमा माओवादी अध्यक्ष दाहालले समेत हस्ताक्षर गरेका थिए ।  
 
यस्तै, राप्रपाले पनि शनिबार मर्थन फिर्ता लिएको छ । उता, राप्रपा नेपालले ओली सरकारलाई अन्तिम समय सम्म साथ दिने वाचा गरेका कारण हाल सम्म कुनै निर्णय गरेको छैन । यद्यपि, कमल अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले अविश्वास प्रस्ताव सदनमा दर्ता हुने वित्तिकै मन्त्रालयमा विदाई भेट गरी जान छोड्का थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ