arrow

दिल्लीका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु

logo
एएनआई,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
delhi-school-reopen-corona.jpg

नयाँ दिल्ली। भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ। कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो।

विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ। आधा आधा विद्यार्थी एक एक दिन आलोपालो गरेर विद्यालय बोलाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

त्यसै गरी विद्यालय प्रवेश गर्नु अघि प्रवेशद्वारमा तापक्रम नाप्नु पर्ने, हातमा स्यानिटाइजर लगाउनु पर्ने, मास्क लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका नियमहरू पनि लगाइएको छ।

माथिल्लो तहका विद्यार्थीहरूलाई भने अघिल्लो महिनादेखि नै विद्यालयमै उपस्थित गराएर अध्यापन गराउन थालिएको थियो। दिल्लीको प्रकोप व्यवस्थापन प्राधिकरणले नोभेम्बर १ देखि सबै विद्यालयमा सबै विषय पढाइ गराउन अघिल्लो हप्ता सूचना जारी गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ