arrow

महाविधेशनमा एमाले 

एमालेको दशौं महाधिवेशन प्रतिनिधि छनोट मापदण्डको यस्तो छ अपानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
uml-10th-convention-chitwan.jpg

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्न लागेको १० औं महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तय गरेको विवरण मातहत कमिटीलाई पठाएको छ । 

कार्तिक १२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुने गरी संख्या तय गरेको मापदण्ड मातहत कमिटी र पार्टी सदस्यहरुलाई पठाएको हो । 

जसअनुसार कुन कमिटीबाट कति प्रतिनिधि छनोट हुने, जनवर्गीय संगठनहरुबाट कति प्रतिनिधि आउन पाउने, कति पार्टी सदस्य भएका ठाउँका कति प्रतिनिधि हुने जस्ता विषयमा एमालेले ठोस मापदण्ड तय गरेर आन्तरिक पार्टी पंक्तिलाई सर्कुलर गरेको छ । 

एमालेले कात्तिक २७ मा देशैभरबाट एकैपटक महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्ने जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानी) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने मापदण्डका बारेमा जानकारी गराएका छन् । 

महाधिवेशनमा पदेन, भौगोलिक र मनोनित गरी तीन प्रकारका प्रतिनिधि हुने छन् । पदेन प्रतिनिधिहरूमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरु र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरु रहने छन् । 

पार्टीले पाँच पृष्ठ लामो अपानी जारी गरेको हो । सबैभन्दा ठूलो संख्या रहने भौगोलिक प्रतिनिधिहरु निम्नअनुसार हुने ओलीले पार्टी पंक्तिलाई पठाएको अपानीमा उल्लेख छ –

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ