- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । स्कटल्यान्डको ग्लासगोमा भइरहेको कोप-२६ सम्मेलनका विश्वका १०० भन्दा बढी राष्ट्र तथा देशका प्रमुखहरूले सन् २०३० सम्म वन विनाश रोक्ने प्रतिबद्धतामा सहमति गरेका छन् ।
मङ्गलवार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायत विश्वका विभिन्न देशहरूका नेताहरूले सन् २०३० सम्म वन विनाश अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्दै छन् ।
यसका लागि १९.२ अर्ब अमेरिकी डलर सरकारी एवं प्राइभेट योगदानको प्रतिबद्धता समेत राष्ट्र प्रमुखहरूले गरेका छन् । जङ्गल अर्थात् रुखहरूले ठुलो मात्रामा कार्बन डाइअक्साइड ग्याँस सञ्चय गर्छन् । त्यस कारण वन विनाश जलवायु परिवर्तन हुनुको एक ठुलो महत्त्वपूर्ण कारण हो ।
मङ्गलवार बेलायती राष्ट्रपति जोनसनले अघि सार्ने पृथ्वीको वन संरक्षण र पुनर्स्थापना गर्न ऐतिहासिक सम्झौतामा १०० भन्दा बढी राष्ट्रका प्रमुखहरूले हस्ताक्षर गर्ने भएका हुन् ।