arrow

बेलायतमा २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
corona-england.jpg

लन्डन । बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । यो समेतगरी यहाँ भाइरसका संक्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । 

गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट संक्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन् । 

बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ