arrow

कोरोना महामारीबाट ५० लाख भन्दा बढीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
corona-variant.jpg

पेरिस । कोभिड-१९ महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । 

चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि  दिइएको जानकारीअनुसार कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो । 

विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ ।

 यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड-१९ का संक्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन् । 

रुसमा हाल संक्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुदै आएको छ । 

रुसमा कोरोना संक्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भईसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ