arrow

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्यो

logo
एएनआई,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
india-corona-recovery.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या फेरि घटेको छ पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 

भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएको छ । 

यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थांत हाल सक्रिय संक्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो ।  

यसअघि झण्डै १३ हजारको हाराहारीमा दैनिक संक्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ । सोमबार भारतमा १५ हजार २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन् । 

भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड २ लाख भन्दा बढी भएको छ ।  यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ