arrow

कोप–२६मा भेला भएका विश्वभरका नेताहरुलाई सन्देश पठाउन ललितपुरमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
cop-19ktm.jpg

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भेला भएका संसारभरका प्रतिनिधिहरुलाई सन्देश पठाउने उद्देश्यले राजधानीमा प्रदर्शन गरिएको छ ।

जलवायु परिवर्तनबाट उत्पन्न संकट रोक्नको लागि दबाब सिर्जना गर्न भन्दै ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागि भएकाहरुले ‘कोप-२६ मा भेला भएका संसारभरका प्रतिनिधिहरुलाई सन्देश पठाऔं । हामी पृथ्वीको माया गर्छौ । तपाईंहरु पृथ्वीको माया गर्ने निति अख्तियार गर्नुस् । पृथ्वी बचाउने कर्तव्य हामी सबैको हो’ भन्ने सन्देश दिएका थिए ।

सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सले आयोजना गरेको प्रदर्शनमा नागरिक अगुवाहरु, डा.गोविन्द केसी, नारायण वाग्ले, विजयवाबु शिवाकोटी, संजिव कार्कीलगायतका सयौं व्यक्तिहरु सहभागि थिए ।

उनीहरुले ‘जलवायु सम्बन्धी ऐन लागू गर’, ‘देशमै उत्पादित सफा उर्जाको प्रयोग गरौं, खरबौंको पेट्रोलियम आयात बन्द गरौं’, ‘मानव हामी रहौंला कहाँ प्रकृति नै नरहे’लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागी डा.केसीका अभियन्ता संजिव कार्कीले पृथ्वी आजको लागि मात्रै होइन भविष्यको लागि पनि भएकाले हाम्रो स्वास्थ्य सरोकारको विषय बनेको जलवायु परिवर्तनमा उत्पन्न संकट रोक्नको लागि दबाब सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ