- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य अस्पतालनजिक मङ्गलवार अपराह्न दुई वटा बम विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको आन्तरिक मन्त्रालय स्रोतले अल जाजिरालाई बताए अनुसार कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ४३ भन्दा बढी घाइते भएका छन् ।
काबुल सैन्य अस्पताल अफगानिस्तानको सबै भन्दा ठुलो सैन्य अस्पताल हो । अहिले घटनास्थलमा विशेष सुरक्षा बल पुगेको बताइएको छ।
घटनामा आइएसआइएसको संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे थप विवरण बाँकी छ ।