arrow

क्याप्टेनले छाडे कांग्रेस, नयाँ पार्टी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
armander-singh-india.JPG

काठमाडौं । क्याप्टेन अमरिन्दर सिंहले कांग्रेस छाडेका छन् । मंगलबार उनले औपचारिक रुपले कांग्रेस छाडेका हुन् । उनले पार्टी अध्यक्ष सोनिया गान्धीलाई ७ पृष्ठ लामो पत्र पठाएर पार्टी छाडेको घोषणा गरेका हुन् । 

उनले गत सेप्टेम्बर १८ तारिखमा पंजाब प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि उनले कांग्रेस छाड्ने घोषणा गरेका थिए । 

मंगलबार उनले आफ्नो नयाँ पार्टी पंजाब लोक कांग्रेस (पीसीएल) घोषणा गरेका छन् । उनले आगामी चुनावमा सबै ११७ सिटमै लड्ने बताएका छन् । 

उनले चुनावअघि किसान आन्दोलनको समाधान गर्ने बताएका छन् । त्यसपछि भाजपा र अकाली दलका बागी नेताहरुसँग गठजोड गर्ने भएका छन् । 

कांग्रेसले क्याप्टेनलाई मनाउने प्रयास गरे पनि सकेन । उनले पंजाब कांग्रेसका अध्यक्ष नवोजित सिंह सिद्धुले आफ्नो सार्वजनिक रुपमै बेइज्जत गरेको आरोप लगाए । 

उनले आफू सिद्धुको पिता समानको भएको भन्दै आफू विरुद्ध बयानबाजी गर्दै हिँडेको बताए । सिद्धुलाई कारबाही गर्नुको सट्टा राहुल गान्धी र प्रियंका गान्धीले सिद्धुको समर्थन गरेको आरोप लगाए । 

क्याप्टेन सिंह सन् १९७७ मा कांग्रेसमा जोडिएका थिए । त्यसको सन् १९७८ मा लोकसभा चुनाव लडेर सांसद बनेका थिए । अपरेशन ब्लुस्टारको विरोधमा उनले कांग्रेस छाडेका थिए । त्यसपछि अकाली दलमा गएका उनी फेरि सन् १९९८ मा कांग्रेसमा पसे । 

त्यसपछि उनी दुई पटक मुख्यमन्त्री बने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ