arrow

आफ्नो पार्टी र सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिए हुन्छ : मन्त्री खाँण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
balkrishna-khand.jpg
फाइल तस्विर।

काठमाडौं। प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।

पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगकोअन्तरक्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरे । 

“हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ”, उनले भने । वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तरक्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए । 

जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले उल्लेख गरे । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ