arrow

इथियोपियामा राष्ट्रव्यापी सङ्कटकाल घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
ethiopia.jpg

काठमाडौँ । इथियोपियाको मन्त्रिपरिषद्ले तत्कालै लागु हुने गरी राष्ट्रव्यापी सङ्कटकाल घोषणा गरेको छ । टाइग्रेबाट लडाकु समूहले राजधानी प्रवेश गर्न थालेसँगै इथियोपियाले सङ्कटकाल घोषणा गरेको हो ।

यसबिच अदिस अबाबाका अधिकारीहरूले नागरिकहरूलाई राजधानीको रक्षा गर्न तयार रहन भनेका छन् । टिग्रे पिपुल्स लिबरेशन फ्रन्टका आतङ्कवादी समूहहरू देशका विभिन्न भागमा पुगेसँगै नागरिकको रक्षाका लागि सङ्कटकाल घोषणा गरिएको बताइएको छ ।

अब, त्यहाँ अदालतको पक्राउ पुर्जीबिना नै लडाकुहरूसँग संलग्न व्यक्ति पक्रिन सक्नेछन्, कर्फ्यु, रोड बन्द, यातायात सेवा बन्दका साथै उमेर पुगेका जोसुकैलाई पनि लड्नका लागि भन्न सकिनेछ । 

इथियोपियाका 'न्यायमन्त्री गेडियन टिमोथियोसले मिडिया ब्रीफिंगमा भनेका छन्, “हाम्रो देश आफ्नो अस्तित्व, सार्वभौमसत्ता र एकतामा गम्भीर खतराको सामना गरिरहेको छ। र हामी सामान्य कानुन प्रवर्तन प्रणाली र प्रक्रियाहरू मार्फत यो खतरा हटाउन सक्दैनौँ ।'

लडाकु समूहलाई सहयोग गर्ने एवं सङ्कटकालको अवज्ञा गर्नेलाई ३ देखि १० वर्षको जेल सजाय हुने चेतावनी समेत उनले दिएका छन् । टिग्रियन लडाकु समूहले केही मुख्य रणनीतिक सहर कब्जा गरिसकेको बताएका छन् ।

सन् २०१८ मा टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट सत्ताबाट बाहिरिएसँगै इथियोपियाको सङ्घीय सरकारसँग द्वन्द्व चलेको थियो । टिग्रेबाट टिग्रे पिपुल्स लिबरेशन फ्रन्टले सन् २०२० देखि नै गृहयुद्धको छेडन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ